अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेट, पूर्वाधार विकासमा लगानीबारे छलफल

हिमाल प्रेस १५ वैशाख २०८० १८:०४ | Friday, April 28, 2023
अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेट, पूर्वाधार विकासमा लगानीबारे छलफल

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतसँग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन्। भेटमा टोखा–छहरे सुरुङमार्ग छिट्टै निर्माणको चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको छ। त्यसैगरी मुस्ताङ, रसुवागढीजस्तै अन्य पहाडी भू–भागमा समेत सुरुङमार्ग बनाउने विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

मन्त्री डा. महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने प्रतिबद्धता जनाएका छन्।  भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधार विकासका लागि करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने जानकारी गराए।
चीन सरकारले उपलब्ध गराउने सहयोग रकम पूर्वाधार क्षेत्रमै उच्चतम् प्रयोग हुने राजदूत सोङले विश्वास व्यक्त गरे।

प्रकाशित: १५ वैशाख २०८० १८:०४ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast