काठमाडौँ- ‘अयोग्य लडाकु’ लाई रकम बाँड्ने सरकारको निर्णयप्रति विरोध जनाउँदै अनेरास्ववियुले प्रदर्शन गरेको छ।
विद्यार्थीले एनसीसी क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘जनताका छोराछोरी साउदी र कतार, माओवादीलाई २ लाख’, ‘पहिले लडाकुको नाममा लिएको रकम हिसाब/किताब खोइ’लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिन कार्यविधि पास गरी अर्थ मन्त्रालयले १ अर्व ४० लाख रुपैयाँ छुट्याएको भन्दै उनीहरूले शुक्रबार प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘अयोग्य लडाकुको नाममा भ्रष्टाचार बन्द गर, अयोग्य लडाकुलाई पैसा होइन सीपमूलक तालिम देऊ’लगायतका नारा लेखिएका टेम्पलेट बोकेका थिए।
प्रकाशित: १५ वैशाख २०८० १३:३४ | Friday, April 28, 2023
प्रतिक्रिया



