अयोग्य लडाकुलाई रकम बाँड्नु अस्वाभाविक : प्रदीप पौडेल

हिमाल प्रेस १५ वैशाख २०८० १५:१८ | Friday, April 28, 2023
अयोग्य लडाकुलाई रकम बाँड्नु अस्वाभाविक : प्रदीप पौडेल

काठमाडौँ– सत्तारुढ  नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन्। मुलुकमा आर्थिक संकट रहेको समयमा सरकारले संसद छलेर सो निर्णय गरेको उनको भनाइ छ। सरकारले गरेको यस्तो निर्णयबारे संसदलाई तत्काल जानकारी गराउन उनले सरकारसँग माग गरे।

‘अयोग्य लडाकुलाई २/२ लाख रुपैयाँ निर्णय भएको भन्ने कुरा विभिन्न माध्यामबाट बाहिर आइरहेको छ। यस्तो आर्थिक संकटको बेलामा यो निर्णय अपारदर्शी ढंगले संसदलाई छलेर गर्नु अस्वभाविक छ,’ उनले भने, ‘यसकारण म सर्वप्रथम सभामुखमार्फत् सरकारलाई माग गर्न चाहन्छु- यो विषयमा के भएको हो? यथार्थ जानकारी सदनलाई गराइयोस्।’

सांसद पौडेलले आर्थिक संकटमा सरकारले अपारदर्शी ढंगले बजेट खर्च गर्न नमिल्ने भन्दै यस्तो निर्णय गरेकोमा सरकारको आलोचना गरे।

प्रकाशित: १५ वैशाख २०८० १५:१८ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast