अब वीरगन्जमा सार्वजनिक स्थानमा फोहर फ्याके मुद्दा

हिमाल प्रेस १६ वैशाख २०८० ११:४५ | Saturday, April 29, 2023
अब वीरगन्जमा सार्वजनिक स्थानमा फोहर फ्याके मुद्दा

काठमाडौँ- वीरगन्ज महानगरपालिकाले जथाभावी फोहर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ।

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिबाना तिराउँदै आएको महानगरपालिकाले अब जरिबानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिए।

‘जथाभावी फोहर फाल्नेलाई हामीले गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहर फाल्ने क्रम रोकिएको छैन’, सरसफाइ शाखा प्रमुख मियाँले भने, ‘जरिवाना गर्दा फोहर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृत रुपमा घटेको छैन।’

त्यसैले अब फोहर फाल्नेलाई जरिवाना मात्रै होइन, सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरिएको उनले बताए।

 

प्रकाशित: १६ वैशाख २०८० ११:४५ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast