अफ्रिकन रिपब्लिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदली बदली

हिमाल प्रेस ३० चैत २०७९ २२:१० | Thursday, April 13, 2023
अफ्रिकन रिपब्लिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदली बदली

काठमाडौँ– मिनस्का मिसन सेन्ट्रल अफ्रिकन रिपब्लिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदली बदली गरिएको छ।

चैत्र २९ गते संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि त्यहाँ तैनाथ संयुक्त राष्ट्र संघको सो मिसनमा सहभागी जबरजंग गण (शान्ति सेना) हाइ रेडिनेस प्रोटेक्सन बटालियन चौथो डफ्फा र सैनिक प्रहरी युनिट (शान्ति सेना) सातौं डफ्फालाई बदली गर्नका लागि भवानीबक्स गण, पाँचौं डफ्फा र सैनिक प्रहरी युनिट, आठौं डफ्फाका १६३ जना सैनिकहरूको अन्तिम टोली सेनानी केशव थापाको नेतृत्वमा इथोपियन एयर लाइन्सको विमानमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेका हुन्।

प्रमुख सेनानी रितबहादुर रानाभाटको कमान्डमा खटिएको उक्त गणका ४६७ तथा सैनिक प्रहरी युनिटका १०३ जना गरी जम्मा ५७० सकलदर्जाहरू यस अगावै मिसन इलाकामा पुगिसकेको नेपाली सेनाले जानकारी दिएको छ।

उक्त मिसनमा तैनाथ जबरजंग गण, चौथो डफ्फा र सैनिक प्रहरी युनिट, सातौं डफ्फाका १६२ जना सैनिकहरू प्रमुख सेनानी राजेश विक्रम शाहीको नेतृत्वमा यही चैत्र २९ गते स्वदेश फिर्ता भएको सेनाले जनाएको छ।

प्रकाशित: ३० चैत २०७९ २२:१० | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast