 
                             
                                            काठमाडौँ- घर जग्गा व्यवसायीहरूले लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उक्त माग राखेका हो।
महासंघका अध्यक्ष भेषराज लोहनीले विदेशीले नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न सरकासँग माग गरे। उनले भू-उपयोग कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाट गर्न पाउने व्यवस्था गर्न, व्यवस्थित बसोबास तथा सहरीकरण सम्बन्धित आयोजना सञ्चालनका लागि हदबन्दी छुट दिनुपर्ने बताए।
उनले ल्याण्ड पुलिङ तथा हाउस पुलिङ आयोजनाका साथै सहरी विकास आयोजनामा निजी क्षेत्रलाई सहभागी गराउन पनि माग गरे। घर जग्गा कारोबारमा लगानी गर्दा अर्थतन्त्रमा समस्या आयो भन्नेहरूले अब घर जग्गा कारोबारलाई व्यवस्थित गर्नुपर्ने धारणा राखेको उनको भनाइ थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 