विकासमा जुट्न दलहरूलाई प्रदेश प्रमुख गुरुङको आग्रह

हिमाल प्रेस १४ वैशाख २०८० २१:२६ | Thursday, April 27, 2023
विकासमा जुट्न दलहरूलाई प्रदेश प्रमुख गुरुङको आग्रह

पोखरा– गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले एकताबद्ध भएर समृद्धि र विकासमा जुट्न दलहरूलाई आग्रह गरेका छन्। गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीका रूपमा सुरेन्द्रराज पाण्डेलाई नियुक्त गरेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

अब बन्ने मन्त्रिपरिषद्ले मुलुकको समसामयिक परिस्थितिलाई दृष्टिगत गरेर मुलुक र जनताको आकांक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै अघि बढ्ने उनले विश्वास व्यक्त गरे। सरकारले प्रदेशमा सुशासन र समृद्धि कायम गर्ने विश्वास व्यक्त गर्दै उनले एकताबद्ध भएर संसद्मा विकास निर्माणको कुरामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

भर्खरै उपनिर्वाचनबाट आएको परिणामले सरकार र संसद्लाई ठूलो चेतावनी दिएको भन्दै प्रदेश प्रमुख गुरुङले अब विगतका दलहरूले विगतकै तरिकाले काम गरेर नहुने उनले उल्लेख गरे। प्रदेशको आर्थिक गतिविधि अघि बढाउने, औद्योगिक विकास एवम् पर्यटन क्षेत्रलाई गतिशील बनाउने र सबैको उत्साहलाई समेटेर नेतृत्व गर्न उनले आग्रह गरे।

प्रकाशित: १४ वैशाख २०८० २१:२६ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast