एसईईलाई व्यवस्थित बनाउन प्रधानमन्त्रीको आग्रह

हिमाल प्रेस १७ चैत २०७९ ७:१८
2
SHARE
एसईईलाई व्यवस्थित बनाउन प्रधानमन्त्रीको आग्रह फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित र भयरहित बनाउन अपिल गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बन्धित सबै पक्षलाई आ-आफ्नो ठाउँबाट भूमिका खेल्न अपिल गरेका हुन्।

उनले परीक्षामा सहभागी हुने सबै विद्यार्थीको उज्जवल भविष्यको कामनासमेत गरेका छन्।

एसईई परीक्षा आज बिहान ८ बजेदखि सुरू हुँदैछ। देशभरका करिब पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

परीक्षालाई मर्यादित बनाउन ती सबैलाई भूमिका खेल्न प्रधानमन्त्रीले आग्रह गरेका हुन्।

प्रकाशित: १७ चैत २०७९ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast