काठमाडौँ– निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको एक्काईसौं वार्षिक साधारण सभा बिहीबार सम्मन्न भएको छ।
साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।
कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको एक्काईसौं वार्षिक साधारण सभाबाट ३.३२५५ बोनस शेयर र ०.१७५ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ।
साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ उन्नाइस चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ हुनेछ।
प्रकाशित: १६ चैत २०७९ १६:३०
प्रतिक्रिया