काठमाडौँ- मोदी इनर्जी लिमिटेडको आईपीओमा आयोजना प्रभावित स्थानीयले आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ।
आज चैत १६ गते बैंकिङ समयपश्चात आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री बन्द हुने कम्पनीले जानकारी गराएको छ।
मोदी इनर्जीले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो।
मोदी इनर्जीको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई भने चैत ९ गतेसम्म आईपीओ बिक्री खुला भएको थियो।
प्रकाशित: १६ चैत २०७९ ११:१७
प्रतिक्रिया