आज रामनवमी पर्व

हिमाल प्रेस १६ चैत २०७९ ८:१६
6
SHARES
आज रामनवमी पर्व

काठमाडौँ- जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ मनाइँदैछ। भगवान् रामको जन्म चैत शुक्ल नवमी तिथिकै दिन भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा रामनवमी पर्व विशेष उत्साहका साथ मनाइने गरिन्छ। जनकपुरधाममा भगवान् रामको ससुराली रहेकाले पनि यहाँ यस पर्वको विशिष्ट महत्त्व छ।

जनकपुरधामस्थित राम मन्दिरमा रामनवमी पर्व मनाउन तयारी गरिएको मन्दिरका महन्थ राम गिरीले जानकारी दिए। राम मन्दिरमा हुने रामनवमी पूजाको सम्पूर्ण तयारी गुठी संस्थानले गर्ने गरेको छ।

आज मध्याह्न १२ बजे भगवान् रामको जन्मोत्सवको अवसरमा विधिविधानपूर्वक पूजा अर्चना गरिने आजै साँझ बधाई गानसहित झाँकी र गीत नादसमेत हुने राम मन्दिरका महन्थ गिरीले बताए।

राम नवमी पर्व मनाउन भारत र नेपालका सयौं साधुरसन्त जनकपुरधाम आउने गर्छन्।

चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन भगवान् रामको जन्म भएको थियो। अगस्त्य संहिताअनुसार चैत शुक्ल पक्षको नवमी तिथिका दिन पुनर्वसु नक्षत्र, कर्क लग्‍नमा जब सूर्य अन्य ५ ग्रहको शुभ दृष्टिका साथ मेष राशिमा रहेको समय माता कौशल्याको गर्भबाट भगवान् श्रीरामको जन्म भएको थियो।

भारतस्थित चेन्नईको एक गैरसरकारी संस्था भारत ज्ञानले लामो अनुसन्धानपश्चात् रामको जन्म ५११४ ईपू १० जनवरीमा भएको दाबी गरेको छ।

प्रकाशित: १६ चैत २०७९ ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fifteen =