काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौँमा चार सय अभिकर्तालाई प्रशिक्षण गरेको छ। अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको कार्यक्रममा करिव चार सयभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता थियो।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सर्भिसिङ विभागका प्रमुख सुनिता पोखरेललगायतको उपस्थिति थियो। त्यस्तै प्रदेश प्रमुखहरू सपुतचन्द्र खनाल, पुर्षोत्तम सापकोटा लगायत शाखा तथा उपशाखाका कर्मचारीको उपस्थिति थियो।
कार्यक्रमको शुभारम्भ कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेलले गरे। काम विशेषले विदेशमा रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअली उपस्थिति जनाए।
अभिकर्ताको क्षमताको विकाश कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्तरूप प्रदान गर्न अन्तर्राष्ट्रिय ख्याती प्राप्त प्रशिक्षकलार्ई कार्यक्रममा बोलाएको उनले बताए। ‘यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नवीनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरूलाई थप निखार्न महत्त्वपूर्ण भूमिका खेल्नेमा म विश्वस्थ छु,’ उनले भने।