काठमाडौँ- उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितलाई भेटेका छन्। आज माइतीघरमा धर्नामा बसेका मिटरब्याजपीडितलाई उपप्रधानमन्त्री श्रेष्ठले भेटेका हुन्।
भेटमा पीडितहरूले आफ्नो गुनासो सुनाएका थिए। श्रेष्ठले समस्या समाधानको लागि सरकार अगाडि बढिसकेको र छिट्टै समस्याको समाधान हुने बताएका हुन्।
मिटरब्याजीले दबाब दिएका कारण सरकारसँग सहयोग माग्न पीडितहरू काठमाडौँ आएका छन्। उनीहरूले सोमबारबाट आन्दोलन सुरु गरेका छन्।
मधेश प्रदेशबाट ११ दिन पैदल हिँडेर उनीहरू काठमाडौँ आइपुगेका हुन्। यता सरकारले भने मिटरब्याजपीडितलाई कारबाहीको दायरामा ल्याउन कानुन संशोधन गर्ने तयारी गरेका छ।
प्रकाशित: १५ चैत २०७९ १२:३५
प्रतिक्रिया