माओवादी नेता कुशवाहा जनमत पार्टी प्रवेश, उपनिर्वाचनमा उपेन्द्र यादवसँग भिड्ने

हिमाल प्रेस १५ चैत २०७९ १२:२७ | Wednesday, March 29, 2023
माओवादी नेता कुशवाहा जनमत पार्टी प्रवेश, उपनिर्वाचनमा उपेन्द्र यादवसँग भिड्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टी प्रवेश गरेका छन्। बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै आफूले माओवादी केन्द्र परित्याग गरेको जानकारी दिएका हुन्। उनलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले कुशवाहालाई पार्टी प्रवेश गराएका थिए।

कुशवाहाले बारा क्षेत्र २ मा जनता समाजवादी पार्टीका रामसहाय यादवसँग प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए। यादव अहिले उपराष्ट्रपति छन्।

यादव उपराष्ट्रपति भएपछि सो क्षेत्र खाली छ। त्यहाँ हुने उपनिर्वाचनमा जसपाबाट उपेन्द्र यादव लड्ने भएका छन्।

उनीसँग प्रतिस्पर्धा गर्नका लागि जनमत पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने भएको हो। गत निर्वाचनमा एमाले-जसपा गठबन्धनका उम्मेदवार रामसहाय यादवसँग ३५४ मतले कुशवाहा  पराजित भएका थिए।

 

प्रकाशित: १५ चैत २०७९ १२:२७ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast