वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अखिलको जित

हिमाल प्रेस १३ चैत २०७९ ८:५७
2
SHARE
वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अखिलको जित

गण्डकी- वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा अनेरास्ववियुका समीर कार्की विजय भएका छन्।

कार्कीले निकटतम प्रतिस्पर्धी नेविसंघका मुबारक अलि गद्दीलाई पराजित गरे। कार्कीले २ सय ९५ मत ल्याउँदा नेविसंघका अलिगद्दीले १ सय ४७ मत ल्याए। कुल ४८० मतदातामा ४ सय ३४ मत खसेको निर्वाचन मण्डलले जनाएको छ ।

आइतबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानल नै विजयी भएको छ । अनेरास्ववियुलाई सभापति, कोषाध्यक्ष, ३ सदस्य र अखिल (क्रान्तिकारी) लाई सचिव र दुई सदस्यको भागबन्डा गरी संयुक्त प्यानल सहित चुनाव लडेका थिए।

सचिवमा क्रान्तिकारीका धिराजन परियार विजयी भएका छन्। उनले २ सय ७७ मत ल्याए। सदस्यमै अनेरास्ववियुका महादेव सिंह, अनिशा आचार्य, गरिमा गुरुङ निर्वाचित भएका छन्। सदस्यमा क्रान्तिकारीका लोकराज थापा र दीपा कार्की विजयी भए। चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकिए पनि स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन।

 

प्रकाशित: १३ चैत २०७९ ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twelve =