सिंहदरबारको पुरानो संसद् भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन

हिमाल प्रेस ९ चैत २०७९ १७:०३
18
SHARES
सिंहदरबारको पुरानो संसद् भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ- संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ।  बिहीबार राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले सिंहदरबारस्थित रहेको पुरानो संसद् भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको हो।

वि.सं. २०१६ सालमा निर्माण भएको सो संसद् भवन भुकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको थियो। समितिले सो भवनलाई पुनः निर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति मायाप्रसाद शर्माले बताए।

त्यस्तै समितिले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कतिपय कुराहरूलाई परिमार्जन गर्न पनि निर्देशन दिइएको बताए।

बैठकमा उपस्थित राष्ट्रिय सभा सदस्यहरूले पुस्तकालयलगायत संघीय संसद्का भवनहरू समयमै र गुणस्तरीय रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: ९ चैत २०७९ १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =