काठमाडौँ विश्वविद्यालयको स्थानीय सरकारसँग सहकार्य

हिमाल प्रेस ७ चैत २०७९ १२:११
28
SHARES
काठमाडौँ विश्वविद्यालयको स्थानीय सरकारसँग सहकार्य काठमाडौँ विश्वविद्याल

काठमाडौँ- समुदायसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहमा स्थलगत भ्रमण तथा अवलोकन सुरु गरेको छ।

समुदायका समस्या र आवश्यकता पूरा गर्न विश्वविद्यालयमा भएका प्राज्ञिक जनशक्तिमार्फत समाधान गरी समुदायको स्तरोन्नति गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो। जसअन्तर्गत हालसम्म अधिकांश स्थानीय तहको भ्रमण सम्पन्न भइसकेको विश्वविद्यालय सामुदायिक सम्बन्ध विस्तार महाशाखाका निर्देशक किशोर खनालले बताए।

समाज र विश्वविश्वद्यालयको सयुक्त पहलमार्फत स्थानीय तहका समस्या समाधान हुने भन्दै उनले समुदाय र विश्वविद्यालयबीचको सम्बन्ध विस्तार महाशाखाले पुलको काम गरिरहेको बताए।

स्थानीय तहमा भएका विज्ञान तथा प्रविधि, शिक्षा, कानुन तथा इञ्जिनियरिङ विषयसँग सम्बन्धित समस्या समाधानका लागि विश्वविद्यालयका प्राज्ञिक तहबाटै समाधानको पहल गरिने उनको भनाइ छ।

समुदाय र विश्वविद्यालय साझा उद्देश्य निर्माण गरी एकैसाथ अघि बढे सबैको हित हुने उनको जिकिर छ। विश्वविद्यालयले स्थानीय तहसँगको सहकार्यमा समुदायका समस्या समाधानका लागि जनप्रतिनिधिसँग पनि छलफल गरिरहेको छ।

यसै अवसरमा बेथानचोक गाउँपालिकाले टनेल इञ्जिनियरिङका विश्वविद्यालयले प्राविधिक सहयोगका लागि अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: ७ चैत २०७९ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast