काठमाडौँ- काठमाडौँ उपत्यकामा केही दिनदेखि वर्षा भइरहेको छ।
सोमबार रातिबाटै हल्का वर्षा भएको थियो।
जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको र आज बिहान काठमाडौँ उपत्यकासहित केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा पनि भएको थियो।
मंगलबार दिउँसो सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।साथै केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना पनि छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ।
पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एकदुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।
प्रकाशित: ७ चैत २०७९ ७:१९
प्रतिक्रिया