बागमती, मधेश र कोशी प्रदेशमा वर्षा

हिमाल प्रेस ५ चैत २०७९ ६:३०
6
SHARES
बागमती, मधेश र कोशी प्रदेशमा वर्षा

काठमाडौँ- अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, मधेश र कोशी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

त्यस्तै देशका पहाडी र तराईका भूभागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

२०७९ चैत ५ गते (आइतबार)

दिउँसोː देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन/ चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत ६ गते (सोमबार)

दिउँसोː देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केही स्थानहरू तथा तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरूका केही स्थानहरू तथा तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत ७ गते (मंगलबार)

दिउँसोː देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशको पहाडी भू-भागहरूका धेरै स्थानहरू तथा तराई भेगका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 20 =