डीएलएस मेथडअनुसार यूएईसँग नेपालको जित

हिमाल प्रेस २ चैत २०७९ १७:५२ | Thursday, March 16, 2023
डीएलएस मेथडअनुसार यूएईसँग नेपालको जित

काठमाडौँ- विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले यूएईलाई डीएलएस मेथडअनुसार ९ रनले पराजित गरेको आईसीसीले जानकारी दिएकाे छ। मैदानमा पर्याप्त प्रकाश नभएपछि डीएलएस मेथडअनुसार खेल समाप्त गर्ने निर्णय गरेका हुन्।

यो जितसँगै नेपालले विश्वकप क्वालिफायर खेल्ने भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको नेपालको सुरुवात खराब रहेको थियो।

४४औं ओभरसम्म ब्याटिङ गरेको नेपालले छ विकेटको क्षतिमा २६९ रन बनाएको थियो।

प्रकाशित: २ चैत २०७९ १७:५२ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast