 
                             
                                            काठमाडौँ- चिकित्सा शिक्षा आयोगले फागुन २४ गते सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षा एमबीबीएस कार्यक्रमको नतिजा सार्वजनकि गरेको छ।
आयोगले ६ हजार ६६९ जना परीक्षार्थी एमबीबीएस कार्यक्रमको प्रवेश परीक्षामा उत्तीर्ण भएको जनाएको हो। एमबीबीएस तर्फ निर्धारित सिटसंख्या भन्दा ४ हजार ७७४ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।
देशभरका मेडिकल कलेजलाई आयोगले १ हजार ८९५ सिट निर्धारण गरेको छ। परीक्षाको नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि चैत ८ गतेदेखि चैत १० गतेसम्म निवेदन दिन सक्ने आयोगले जनाएको छ।
आयोगले परीक्षामा मर्यादा विपरित काम गर्ने दुई जना, उत्तरपुस्तिकामा बबल विगारेका २१३, उत्तरपुस्तिका र प्रश्नपत्र दुवैमा बबल बिगारेका २३ परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको जनाएको छ।
                            प्रकाशित: २ चैत  २०७९ १४:०३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
  
 