सत्ता गठबन्धनमा उपराष्ट्रपतिमा साझा उम्मेदवार चुन्न सकस

हिमाल प्रेस २ चैत २०७९ ७:३१
2
SHARE
सत्ता गठबन्धनमा उपराष्ट्रपतिमा साझा उम्मेदवार चुन्न सकस

काठमाडौँ- सत्ता गठबन्धनका १० दलको बैठक आज पनि बस्दै छ। बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन बनेपनि आज पनि बस्ने भएको छ।

गठबन्धनको बैठकमा उपराष्ट्रपतिको साझा उम्मेदवार खोज्ने प्रयत्न छ। तर सत्ता गठबन्धनका दलहरू पछि नहट्दा साझा उम्मेदवार खोज्ने प्रयत्न खेर गइरहेको छ।

उपराष्ट्रपतिमा जसपाबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उम्मदेवार छन्। यादव र झा नै गठबन्धनको आधिकारिक उम्मेदवार आफै रहेको दाबी गर्दै आएका छन्। यादवलाई ठूला दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ छ। झालाई नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादीको साथ छ।

हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेता सहभागी थिए।

ठूला दलले यादवलाई आधिकारिक उम्मेदवार बनाउने प्रयत्नमा छन्।

प्रकाशित: २ चैत २०७९ ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =