यस्तो हुनेछ उपराष्ट्रपति निर्वाचनको मतपत्र

हिमाल प्रेस १ चैत २०७९ ११:४०
2
SHARE
यस्तो हुनेछ उपराष्ट्रपति निर्वाचनको मतपत्र

काठमाडौँ- निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक गरेको छ। चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले मंगलबार उम्मेदवारको फोटोसहितको मतपत्रको नमुना सार्वजनिक गरेको हो। संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरिएको छ।

उपराष्ट्रपतिका लागि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवाद पार्टीका नेता रामसहायप्रसाद यादव र प्रमिला कुमारी र जनमत पार्टीका ममता झाले उम्मेदवारी दिएका छन्। प्रमिला कुमारीले उम्मेदवारी फिर्ता लिने समयमा फिर्ता नलिएका कारण उनको नाम र फोटो पनि मतपत्रमा समेटिएको छ। यद्यपि उनले यादवलाई समर्थन गरेको घोषणा गरिसकेकी छन्।

यी दुई सभाका एक जना सांसदले हालेको भोट ७९ बराबर हुन्छ। प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० गरी २७५ जना सांसद हुन्छन्। राष्ट्रियसभामा ७ प्रदेशबाट निर्वाचित ८/८ जना र मनोनित ३ जना गरी ५९ जना हुन्छन्।

यी ८ जनामध्ये ३ जना महिला, १ जना दलित र ४ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन्। यसरी संघीय संसद्मा ३३४ जनाले राष्ट्रपति र उपराष्ट्रपतिका लागि भोट हाल्न पाउँछन्। जुन २६ हजार ३ सय ८६ भोट बराबर हो।

प्रदेश सांसदले हालेको एक भोट ४८ भोट बराबर हुन्छ। सातवटै प्रदेश सभामा ५५० सदस्य हुन्छन्। उनीहरूको भोट २६ हजार ४ सय बराबर हुन्छ।

यी दुई सदनको मतभार जोड्दा राष्ट्रपति निर्वाचनमा कुल ८८४ जनाले मतदान गर्नेछन्।
उनीहरूको मतको गणना भने ५२ हजार ७ सय ८६ मत हुने छ।

प्रकाशित: १ चैत २०७९ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast