सडक पेटीमा राखिएका सामान जफत

हिमाल प्रेस १ चैत २०७९ ७:५६
2
SHARE
सडक पेटीमा राखिएका सामान जफत

काठमाडौँ- भक्तपुर नगरपालिकाले सडक पेटी हडपेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र मोटसाइकल जफत गरेको छ।
सडक पेटीमा र सर्भिस ट्रयाकमा कुनै पनि सवारीसाधन बिक्रीका लागि नराख्न र सामान व्यापार व्यवसाय नगर्न नगरपालिकाले पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेपछि मंगलवार नगरपालिकाले गरेको अनुगमनमा मोटरसाइकलसहित विभिन्न सामान जफत गरेको हो ।

नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुरको घलाते र चुनदेवीमा २५ वटा पसल अनुगमन गरी पसल बाहिर बाटो र पेटीमा बेचबिखनका लागि राखेका सामान र मोटरसाइकल लगायतका सवारीसाधन जफत गरी ल्याएको संयोजक गोराले बताए।

अनुगमनमा ब्रदर्श रिकन्डिसन हबलाई बाटो र पेटीमा बिक्रीका लागि राखिएको मोटरसाइकल नराख्न पटक–पटक निर्देशन दिँदा समेत अटेर गेपछि बिक्रीका लागि राखेको मोटरसाइकल जफत गरी ३ दिनभित्र नगरपालिकामा हाजिर हुन निर्देशन दिएको उनले जानकारी दिए।

प्रकाशित: १ चैत २०७९ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =