भ्रष्टाचारमा मुछिएका पूर्वमन्त्री न्यौपानेले भने : आरोप तथ्यहीन हो

हिमाल प्रेस ३० फागुन २०७९ १३:५६
8
SHARES
भ्रष्टाचारमा मुछिएका पूर्वमन्त्री न्यौपानेले भने : आरोप तथ्यहीन हो

काठमाडौँ- पूर्वमन्त्री बद्री न्यौपानेले आफूमाथि लागेको भ्रष्टाचार अभियोग अदालतको पूर्वाग्राही सोच भएको आरोप लगाएका छन्।  मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पूर्वमन्त्री न्यौपानेले आफूलाई फसाउन देशी/विदेशी शक्ति लगाएकाले विशेष अदालतले भ्रष्टाचार अभियोग लगाएको बताए।

न्यौपानेमाथि भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट ९ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएकाले एकै व्यक्तिलाई ३ वटा सजाय लगाएको दु:खेसो पोखे।

उनलाई २० करोड जरिबाना र ९ वर्ष ६ महिना कैद तोकिएको छ। तर उनले बचाउ गर्दै समाज कल्याण परिषद्ले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको भएपनि आफूले फुल बोर्डको बैठक राखेको र मन्त्रिपरिषद्मा समेत प्रस्ताव लगेको दाबी गरे।

पूर्वमन्त्री न्यौपानेले भाडामा लगाउने निर्णय गर्ने प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई सफाइ दिएको तर आफूलाई ९ वर्ष ६ महिना कैदको फैसला गर्नु पूर्ण रूपमा पूर्वाग्रही भएको जिकिर गरे। पूर्वमन्त्री न्यौपानेले आफ्नो देशभर कतै जग्गा नरहेको र बैंक ब्यालेन्स पनि नरहेकाले आफूले अदालतको जरिबाना तिर्न नसक्ने बताए।

 

प्रकाशित: ३० फागुन २०७९ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 1 =