काठमाडौँ- उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्न बसेको आजको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा)ले अडान नछाडेपछि बैठक निष्कर्षविहीन बनेको हो। बैठकमा जनमत पार्टीले निर्वाचन आयोगको निर्देशनबारे ध्यानाकर्षण गराएको थियो। तर जसपा पछि नहटेपछि सहमति नभएको हो।
जनमतबाट ममता झाले उम्मेदवारी दिने छिन्। ‘निर्वाचन आयोगले महिला उम्मेदवार उठाउन अनुरोध गरेको छ,’ जनमतका अध्यक्ष सिके राउतले भने,‘त्यही अनुसार गरौँ भन्दा सहमति भएन।’
यता जसपाले भने रामसहायप्रसाद यादवलाई अघि सार्ने भएको छ। एमालेले समेत उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने भएको छ।
प्रकाशित: २७ फागुन २०७९ ११:०६
प्रतिक्रिया