उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

हिमाल प्रेस २७ फागुन २०७९ ६:५६
6
SHARES
उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- उपराष्ट्रपति उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

बैठक आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन बिषयमा छलफल गरिनेछ। आजै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ।

प्रकाशित: २७ फागुन २०७९ ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =