काठमाडौँ– नेपाल प्रहरीको रिक्त एआईजी (पाँच) पदमा बढुवा सिफारिस भएको छ। बढुवा समितिले शुक्रबार बढुवा सिफारिस निकालेको हो।
सिफारिसको पहिलो नम्बारमा डीआईजी बसन्त कुँवर छन्। दुई नम्बरमा टेकप्रसाद कुँवर, तीन नम्बरमार दीपक थापा, चार नम्बरमा श्यामलाल ज्ञवाली र पाँच नम्बरमा किरण बज्राचार्य छन्।
डीआईजी हुँदा पनि बसन्त कुँवर एक नम्बरमै थिए। एआईजी दौडमा रहेका डीआईजी अशोक सिंहले भने उमेर विवादका कारण पदबाट राजीनामा दिइसकेका छन्। दौडमा रहेका ज्ञवाली पनि उमेर विवादमा मुछिएका छन्।
प्रकाशित: २६ फागुन २०७९ १४:२०
प्रतिक्रिया