काठमाडौँ- नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न सचिवालयको बैठक बोलाएको छ। एमालेले भोलि (शनिबार) बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाएको छ।
सोही बैठकमा उपराष्ट्रपतिमा उम्मेदवारी दिने वा नदिने विषयमा छलफल हुने छ। एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवार पराजित बनेपछि उपराष्ट्रपतिमा उम्मेदवारी नदिने संकेत गरेको छ। एमालेले राष्ट्रपतिमा उपाध्यक्ष सुवास नेम्बाङलाई उठाएको थियो।
सत्ता गठन्धनका उम्मेदवार रामचन्द्र पौडेलले जित्दा नेम्बाङले एमाले मात्रैको मत पाएका थिए। उपराष्ट्रपतिको उमेदवारी मनोनयन भोलि हुँदैछ।
प्रकाशित: २६ फागुन २०७९ १३:०८
प्रतिक्रिया