प्रचण्डलाई माओवादी घटकको सुझाव : उपराष्ट्रपति महिला हुनुपर्छ

हिमाल प्रेस २६ फागुन २०७९ १०:३२
4
SHARES
प्रचण्डलाई माओवादी घटकको सुझाव : उपराष्ट्रपति महिला हुनुपर्छ तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- नेकपा माओवादी धारका नेताहरूले उपराष्ट्रपतिमा फरक समुदायको महिला उम्मेदवार उठाउन सुझाव दिएका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारको बैठकले समानुपातिक समावेशिता अगाल्न अनुरोध गरेका थिए।

राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन्। यसकारण महिला र फरक समुदायको व्यक्तिलाई अगाडि बढाउन अनुरोध गरेका थिए। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरूसँग पहल गर्ने बताए।

उनले भने, ‘उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भए पनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रूपले फरक र सामुदायिक फरक भन्ने छ। अभ्यास हामीले के बसाल्ने प्रक्रियाको सुरु गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ।,’ उनले भने,‘नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो। हामीले परामर्श दिनुपर्दा लैंगिक रुपले फरक हुनुपर्छ। महिला दिँदा राम्रो हुन्छ।’

साथै माओवादी घटकले उपराष्ट्रपति निर्वाचनपछि मात्रै सरकार विस्तार गर्न सुझाव दिएका थिए। उनीहरूले अहिले निर्वाचन आचारसंहिता लागेकाले तत्काल सरकार बिस्तार गर्न नहुने बताएका हुन्।

प्रकाशित: २६ फागुन २०७९ १०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eighteen =