रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

हिमाल प्रेस २५ फागुन २०७९ १७:०४
6
SHARES
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ- गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति निर्वाचित भएका हुन्।

पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका छन्। राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए। यस्तै प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए।

प्रकाशित: २५ फागुन २०७९ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =