रास्वपाले पनि रामचन्द्र पौडेललाई मत हाल्ने

हिमाल प्रेस २५ फागुन २०७९ १३:२४
26
SHARES
रास्वपाले पनि रामचन्द्र पौडेललाई मत हाल्ने फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ। आज बसेको रास्वपाको संसदीय दलको बैठकले सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार रहेका पौडेललाई मत दिने निर्णय गरेको हो। रास्वपाका १९ सांसद छन्।

नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ। संघीय संसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरिसकेका छन्। मतदानका लागि संघ र प्रदेशका सांसदहरू छुट्टाछुट्टै लाइनमा लामबद्ध भएका छन्।

बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।

प्रकाशित: २५ फागुन २०७९ १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast