राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु

हिमाल प्रेस २५ फागुन २०७९ १०:२१
6
SHARES
राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु

काठमाडौँ। नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी छ । मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।

दुई केन्द्रबाट मतदान भइरहेको छ । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्दै छन्। राष्ट्रपति निर्वाचनमा प्रत्येक प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ। पहिलो मत राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले खसालेका छन्।

राष्ट्रपति निर्वाचनको अन्तिम नामावलीअनुसार १४ राजनीतिक दलका सहित स्वतन्त्र र मनोनीत सांसदहरू मतदाता रहेका छन्।

नयाँ राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

प्रकाशित: २५ फागुन २०७९ १०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seventeen =