अक्षयकोषमा राख्न बेलायतबाट सहयोग

हिमाल प्रेस २४ फागुन २०७९ ११:०३
6
SHARES
अक्षयकोषमा राख्न बेलायतबाट सहयोग सांकेतिक तस्बिर

काठमाडौँ- विपन्नलाई लक्षित गरेर पोखरामा स्थापना गरिएको अक्षयकोषमा बेलायतबाट यहाँका व्यवसायी सूर्य गुरुङले करिब पाँच लाख रुपैयाँ सहयोग गरेका छन्।

बेलायतमा व्यवसाय गर्दै आएका गुरुङले आफ्नो यहाँ सञ्चालित गोर्खा प्यालेस रेष्टुराँ स्थापनाको २४औँ स्थापना दिवसका अवसरमा यस अक्षयकोषमा सहयोग गरेका हुन्। व्यवसायी गुरुङले यसअघि पनि शिक्षा र खेलकुदका क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका हुन्।

बेलायतमा हालै नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको उपस्थितिमा आयोजित एक कार्यक्रममा व्यवसायी गुरुङ उक्त अक्षयकोषका लागि रकम हस्तान्तरण गरेका हुन्। त्यस अवसरमा राजदूत आचार्यले संसारका जुनसुकै देशमा रहेर व्यवसाय गरेका नेपालीहरूले समाजका लागि सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताएका छन्।

व्यवसायी गुरुङले नेपालमा धेरै क्षेत्रमा सहयोग गरेका समाचार आए पनि विपन्न समुदायका नागरिकलाई खेलकुदका क्षेत्रमा कसैको चासो नदेखेकाले विपन्न समुदाय लक्षित उक्त अक्षयकोषमा आफूले सहयोग गरेको बताए।

नेपालमा विसं २०७२ मा गएको भूकम्पका पीडितलाई सहयोग जुटाउन लण्डनस्थित नेपाली दूतावासले सञ्चालन गरेको सहयोग अभियानमा आर्थिक संयोजक रहेका गुरुङले छ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरेका थिए। यसैगरी उनले पोखरा रंगशाला निर्माणका लागि ४७ लाख रुपैयाँ जम्मा गरेका थिए।

सो अक्षयकोष सञ्चालक समितिका अध्यक्ष दिलबहादुर गुरुङले यस कोषको रकम एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको जानकारी दिएको छ। त्यस कार्यक्रममा रोशमरो सहरका मेयर तथा उच्चपदस्थ व्यक्तित्व उपस्थिति रहेको थियो।

प्रकाशित: २४ फागुन २०७९ ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =