राष्ट्रपति चुनावबारे राप्रपा-रास्वपा : पहिले खुलेनन्, अब खुल्नै पाउँदैनन्!

हिमाल प्रेस २४ फागुन २०७९ ८:५५
14
SHARES
राष्ट्रपति चुनावबारे राप्रपा-रास्वपा : पहिले खुलेनन्, अब खुल्नै पाउँदैनन्!

काठमाडौँ- फागुन २५ को राष्ट्रपतिको निर्वाचनको पूर्ण तयारी सकिएको निर्वाचन आयोगले बताएको छ। मतदाता परिचय पत्रदेखि मतपत्र समेतको काम सकेको आयोगले जनाएको छ।

यता उम्मेदवार र दलले समेत आफ्नो राम्रै तयारी रहेको बताइरहेका छन्। राष्ट्रपति निर्वाचनका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्बाङ मैदानमा छन्। अंकतालिकाका आधारमा भने पौडेल सुरक्षित छन्। तर यता नेम्बाङ पनि गठबन्धनको मत तान्ने प्रयत्नमा देखिन्छन्।

यसपटकको चुनावमा केही महत्वपूर्ण दल भने आफ्नो धारणा अघि सार्नै चुके। संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई ह्वीप प्रयोगै गरेन। मतलब जुनै उम्मेदवारलाई मत हाले पनि मिल्ने रास्वपाको बुझाइ थियो। केही समयअघि मात्रै सरकारबाट बाहिरिएको रास्वपाले राष्ट्रपति निर्वाचनलाई त्यति महत्व दिएन। रास्वपाले दुवै उम्मेदवारको मन राख्ने प्रयत्न गरेको छ।

सरकारबाट बाहिरिएको भए पनि पुन: सरकारमा जान सक्ने भएकाले सत्ता गठबन्धनसँगको सम्बन्धन पनि रास्वपाले बिगार्न चाहेन। यता विपक्षी एमाले प्रति पनि रास्वपा लचक देखियो। चितवन २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सहयोग पाउने हिसावले रास्वपाले एमालेसँगको सम्बन्ध पनि बिगार्न चाहेन।

यता राप्रपाको हालत पनि उही देखिएको छ। राजसंस्थाको एजेन्डा बोकेको राप्रपाले राष्ट्रपतिमा मत हाल्ने/नहाल्ने निर्णय लिन आउन बैठक बोलाएको छ। राजसंस्थाको मुद्दा बोकेको दलले राष्ट्रपतिमा मत हाले एजेन्डा कमजोर हुने दलकै नेताको तर्क छ।
छन् ।

आचारसंहिताले खुल्न नपाइने

राष्ट्रपति निर्वाचनका लागि गत फागुन १७ गतेबाट नै निर्वाचन आचारसंहिता लागु भएकाले कुनै उम्मेदवारको पक्षमा खुल्न भने पाइने छैन।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता लागु भइसकेकाले राजनीतिक दलले पक्षधरता देखाउन नपाउने बताए।

आयोगले आचारसंहित लागेसँगै आफ्नो पक्षधरता देखाउन नमिल्ने बताएको छ। तर रास्वपाले भने अब बैठक बसेर निर्णय गर्ने सम्भावना कम छ। किनकि, केही दिनअघि मात्रै रास्वपाले तत्काल निर्णय नगर्ने बताएको थियो। तर सांसदलाई आफूखुसी मतअधिकार प्रयोग गर्न समेत अनुरोध गरेको थियो।

एमाले एक्लो

राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारलाई अन्य कुनै दलले समर्थन गरेका छैनन्। यता कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने दलको संख्या भने नौ पुगिसकेको छ।

पौडेललाई नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टीको समर्थन छ। यता विपक्षी दलका उम्मेदवार नेम्बाङलाई भने अन्य दलको समर्थन छैन।  तर गठबन्धनभित्रबाटै भोट क्रस गरेर जित्ने प्रयत्नमा छन्।

प्रकाशित: २४ फागुन २०७९ ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eighteen =