महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता : सभापति देउवा

हिमाल प्रेस २४ फागुन २०७९ ७:१०
8
SHARES
महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्। अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना जारी गर्दै नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उनले उल्लेख गरे।

सहरदेखि दुर दराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त भएको भन्दै हिंसा- लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको दउवाले भनाइ छ।

‘हिंसा-मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो। हिंसा-सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो। नेपाली कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्‍याउने उनले विश्वास लिएक छन्।

प्रकाशित: २४ फागुन २०७९ ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =