माओवादी धारका नेताहरूको बैठक बालुवाटारमा जारी

हिमाल प्रेस २३ फागुन २०७९ ९:१७
6
SHARES
माओवादी धारका नेताहरूको बैठक बालुवाटारमा जारी

काठमाडौँ- माओवादी धारका नेताहरूको संयुक्त बैठक प्रधानमन्त्री निवासमा अहिले जारी छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष डा बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायतको सहभागिता छ।

पार्टी एकता र द्वन्द्वकालीन मुद्दाका विषयमा छलफल गर्न बैठक बसेको हो। पछिल्लो समय जनयुद्धमा माओवादीका तर्फबाट मारिएका व्यक्तिको जवाफदेहितास्वरुप अदालतमा मुद्दा हाल्ने मिल्ने फैसला पछि माओवादी पङ्ति झस्किएको छ।

यसअघि सहिद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा सहभागी माओवादी धारका नेताहरुले माओवादीलाई हेप्न थालिएकाले एकजुट भएर प्रतिकार गर्नुपर्ने धारणा राखेका थिए।

प्रकाशित: २३ फागुन २०७९ ९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =