आजको मौसम : मौसम बदलीसहित वर्षाको सम्भावना

हिमाल प्रेस २३ फागुन २०७९ ६:५८
2
SHARE
आजको मौसम : मौसम बदलीसहित वर्षाको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- देशका केही भागमा आज पनि मौसम बदली भएको छ। पश्चिमी वायुको सामान्य प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

बुधबार र बिहीबार पनि देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

प्रकाशित: २३ फागुन २०७९ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =