राष्ट्रपति निर्वाचनबारे सांसदलाई एमालेको अभिमुखीकरण

हिमाल प्रेस २२ फागुन २०७९ १५:३४
8
SHARES
राष्ट्रपति निर्वाचनबारे सांसदलाई एमालेको अभिमुखीकरण नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ– राष्ट्रपति पदको निर्वाचनको विषयमा नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ। आज सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको हो।

राष्ट्रपति निर्वाचन फागुन २५ मा हुँदैछ। राष्ट्रपति पदका लागि दुई जना उम्मेदवार छन्। नेकपा एमालेका सुवास नेम्बाङ र कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति चुनावको मैदानमा छन्। नेम्बाङ एमालेको समर्थन र प्रस्तावमा उम्मेदवार बनेका हुन् भने पौडेल कांग्रेससहित आठ राजनीतिक दलको समर्थन र प्रस्तावमा उम्मेदवार बनेका हुन्।

राष्ट्रपति निर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। मौन अवधि सुरु हुनुभन्दा अघि राष्ट्रपति निर्वाचनका मतदाता संघीय र प्रदेश सांसदलाई एमालेले अभिमुखीकरण गराएको हो।

प्रकाशित: २२ फागुन २०७९ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =