प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री हुन् : शंकर पोखरेल

हिमाल प्रेस २१ फागुन २०७९ १४:४६
18
SHARES
प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री हुन् : शंकर पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री भएको टिप्पणी गरेका छन्। २४औं यदु स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले देशको स्वाधिनता, साम्राज्यवाद, सामन्तवाद आन्दोलनको नेतृत्व गरेको व्यक्ति मुलुकको बारेमा फैसला गर्न उभिन सक्ने अवस्थामा नरहेको बताएका हुन्।

उनले पार्टीभित्रको अन्तरसंघर्षमा सही विचारलाई निषेध गरेकै कारण प्रचण्डले अहिले बिडम्वनापूर्ण राजनीतिको यात्रा गर्नुपरेको जिकिर गरे।

चलाखीका साथ देशको नेतृत्व प्राप्त गरेपनि देशलाई सहि बाटोमा हिडाउने सामर्थ्य प्रचण्डमा नरहेको उनको भनाइ छ। प्रचण्डले पाँच दलीय गठबन्धन असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउनका लागि माओवादीसँग सहकार्य गरेको तर अहिले राष्ट्रपतिका विषयमा सहकार्य ताडेर हिँडेको धारणा राखे।

देशमा आर्थिक संकट बढेको बेलामा नयाँ सरकार बनेपछि मुलुकको आर्थिक अवस्था सुधार भएपनि अहिले पुन समस्या देखिएको उनले बताए।

प्रकाशित: २१ फागुन २०७९ १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast