प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता रिटप्रति माओवादीको ध्यानाकर्षण, भन्यो- अस्वीकार गर्छौँ

हिमाल प्रेस २१ फागुन २०७९ १४:१२
8
SHARES
प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता रिटप्रति माओवादीको ध्यानाकर्षण, भन्यो- अस्वीकार गर्छौँ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनप्रति ध्यानाकर्षण जनाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै दर्ता गर्न नमिल्ने रिट निवेदन दर्ता गर्न आदेश दिएको भन्दै माओवादीले ध्यानाकर्षण जनाएको हो।

प्रचण्डविरुद्ध परेको रिट दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतका रजिष्ट्रारले दरपीठ गरेका थिए। तर, फागुन १९ गते न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो।

माओवादीले नेकपाको संविधान र अग्रगामी उपलब्धिविरुद्ध हुने कुनै पनि गतिविधिलाई अस्वीकार गर्ने बताउँदै सो कार्यको भर्त्सना  पनि गरेको छ।

माओवादीले यसलाई संक्रमणकालीन न्यायको मूल्यमान्यता विपरीत भएको बताएको छ। साथै शान्ति सम्झौताका पक्षधर राजनीतिक पार्टीहरू, आम जनता र अन्तर्राष्ट्रिय समुदायलाई एकजुट हुन पनि माओवादीले आह्वान गरेको छ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित: २१ फागुन २०७९ १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 16 =