काठमाडौँ- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ’ महाअभियानको नाममा दुर्गा प्रसाईँले शनिबार राजधानी प्रदर्शन गर्ने भएका छन्।
आर्थिक अन्याय र बेथितिको विरुद्ध भन्दै प्रदर्शन गर्न लागिएको प्रसाईँको भनाइ छ।
राजधानीको बानेश्वरमा हुने प्रदर्शनमा नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने माग समेत उठाइने बताइएकोछ । प्रदर्शनमा सहभागी हुनका लागि प्रसाईले बैंकको ब्याजदर, संघीयतालगायतका विषय समेटेर १३ बुँदे अपील समेत जारी गरेका छन्।
प्रकाशित: २० फागुन २०७९ ७:१०
प्रतिक्रिया