मत माग्न रामचन्द्र पौडेलसहितका नेताहरू रास्वपाको कार्यालयमा, बैठक राखेर निर्णय सुनाउने जवाफ

हिमाल प्रेस १९ फागुन २०७९ १८:२४
76
SHARES
मत माग्न रामचन्द्र पौडेलसहितका नेताहरू रास्वपाको कार्यालयमा, बैठक राखेर निर्णय सुनाउने जवाफ

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलसहितका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेर मत मागेका छन्। पौडेल प्रमुख सचेतक रमेश लेखक, प्रवक्ता प्रकाशशरण महतसहितका नेताहरूको साथमा रवि लामिछानेलगायत नेताहरूलाई भेटेका हुन्।

‘राष्ट्रपतिको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षमा मतदान गरिदिन आग्रह गर्नआएका हौँ,’ लेखकले भने, ‘सकारात्मक कुरा भयो। केन्द्रीय समितिको बैठक राखेर निर्णय गर्छौँ भन्नु भएको छ। मत पाउने आशा र विश्वास लिएर जाँदैछौँ।’

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि राष्ट्रपतिका उम्मेदवार पौडेलसहितका नेताहरू मत माग्न आएको जानकारी दिए। उनले भने, ‘कांग्रेसको उम्मेदवार रामचन्द्र पौडेलसहितका नेताहरू आउनु भएको थियो। उहाँ (पौडेल) संविधान निर्माणमा पनि मेरो भूमिका छ। संविधानको रक्षा गर्न मलाई मत दिनुस् भन्नु भयो। हाम्रो सभापतिले पनि बैठक गरेर निर्णय सुनाउँला भन्नु भयो।’

परियारले केन्द्रीय समिति बैठक छिटै बस्ने र कसलाई मत दिने भन्ने निर्णय गर्ने बताए। राष्ट्रपतिमा पौडेल आठ दलको साझा उम्मेदवार हुन्। एमालेले पनि उपाध्यक्ष सुवास नेम्बाङलाई उम्मेदवार बनाएको छ।

प्रकाशित: १९ फागुन २०७९ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =