काठको कोइला र तीन ट्याक्टर प्रहरीको नियन्त्रणमा

हिमाल प्रेस १९ फागुन २०७९ ९:०६
4
SHARES

नवलपरासी- पश्चिम नवलपरासीमा काठको कोइला र तीन ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। प्रतापुर गाउँपालिका ४ हर्कपुरबाट सशस्त्र प्रहरीको गस्ती टोलीले करिब १५ लाख ९८ हजार रुपैयाँ बराबरको काठको कोइला र तीन वटा ट्याक्टर बिहीबार नियन्त्रणमा लिएको हो।

भन्सार छली अवैधरूपले लु २ त १९०५, लु २ त ५४०९ र लु २ त १९११ नम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदैगरेको सो कोइला तथा ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल बीओपी भुजाहाले नियन्त्रणमा लिएको हो। ट्याक्टर जाँच गर्नेक्रममा उक्त ट्याक्टरका चालक फरार भएका थिए।

प्रकाशित: १९ फागुन २०७९ ९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast