राष्ट्रपतिको निर्वाचनका लागि यस्तो हुन्छ मतपत्र

हिमाल प्रेस १९ फागुन २०७९ ८:२४
8
SHARES
राष्ट्रपतिको निर्वाचनका लागि यस्तो हुन्छ मतपत्र

काठमाडौँ- नयाँ राष्ट्रपति चयनका लागि यही फागुन २५ गते चुनाव हुँदैछ। त्यसका लागि आठ दलको समर्थनमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गराएका छन्।

फागुन २५ गते राष्ट्रपति पदका लागि यी दुई नेताबीच प्रतिस्पर्धा हुँदै छ।
यसैबीच निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि नमुना मतपत्र बनाएको छ।

सार्वजनिक नमुना मतपत्रअनुसार केन्द्रीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र हुनेछन्।

रातो मतपत्र प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यका लागि प्रयोग गरिनेछ भने हरियो मतपत्र प्रदेशसभाका सदस्यहरूलाई दिइनेछ। राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र प्रदेशसभाका सदस्य मतदाता हुन्छन्।

प्रकाशित: १९ फागुन २०७९ ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast