यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य

हिमाल प्रेस १८ फागुन २०७९ १५:२६
56
SHARES
यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य

काठमाडौँ- आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ। यूएईमा जारी एकदिवसीय सिरिजअन्तर्गतको ५० ओभरको खेलमा यूएईले ८ विकेट गुमाएर २०८ रन बनाएको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर यूएईले पहिले ब्याटिङ गरेको हो। यूएईका लागि आसिफ खान र रोहन मुस्तफाले अर्धशतकीय योगदान दिए। आसिफले ९९ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए। ७६ बल खेलेका मुस्तफाले ५२ रन बनाए।

यूएईका आर्यन लाकरले २८ रन बनाए भने चन्दकोपियल रिजवानले २२ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए। त्यस्तै करण केसी, आसिरफ शेख र कुशल मल्लले एक–एक विकेट लिए।

प्रकाशित: १८ फागुन २०७९ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =