अवैधरूपमा नेपाल ल्याउने क्रममा रासायनिक मल बरामद

हिमाल प्रेस १८ फागुन २०७९ ९:४८
2
SHARE
अवैधरूपमा नेपाल ल्याउने क्रममा रासायनिक मल बरामद प्रतीकात्मक तस्बिर।

नवलपुर- गैँडाकोट नगरपालिका –२ स्थित पुलको बाटोबाट अवैधरूपमा ल्याउँदै गरेको रासायनिक मल प्रहरीले बरामद गरेको छ। बुधबार १ सय ४ बोरा युरिया र ७६ बोरा डीएपी मल प्रहरीले बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरीले लु १ ख ७०२४ नम्बरको ट्रकलाई जाँच गर्नेक्रममा दुई सय बोरा चामलको बिल बनाई सो मल ल्याउँदैगरेको अवस्थामा बरामद गरी ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।

बरामद मल भन्सार कार्यालय त्रिवेणीमा बुझाइएको प्रहरीको भनाइ छ। त्यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १८ फागुन २०७९ ९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 1 =