राष्ट्रपतिमा रामचन्द्रलाई मत माग्न आठ दलले सांसदलाई प्रशिक्षण दिने

हिमाल प्रेस १८ फागुन २०७९ ७:४७
6
SHARES
राष्ट्रपतिमा रामचन्द्रलाई मत माग्न आठ दलले सांसदलाई प्रशिक्षण दिने फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति निर्वाचनमा एउटै मोर्चा बनाएका ८ दलले आज आफ्ना संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्। आज राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो।

राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि प्रशिक्षण दिने कार्यक्रम रहेको छ। प्रशिक्षण रोयल बैंक्वेट तीनकुनेमा हुने छ।

प्रशिक्षण कार्यक्रममा कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई खबर गरिएको छ। प्रशिक्षणमा आठै दल एकै ठाउँ उभिएको सन्देश दिने तयारी छ।

प्रकाशित: १८ फागुन २०७९ ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =