‘कोसी प्रदेश’ नामकरण भएको खुसीयालीमा सार्वजनिक बिदा

हिमाल प्रेस १८ फागुन २०७९ ७:११
6
SHARES
‘कोसी प्रदेश’ नामकरण भएको खुसीयालीमा सार्वजनिक बिदा फाइल तस्बिर

काठमाडौँ– प्रदेश नामकरण भएकामा कोसी प्रदेश (साविक प्रदेश १)मा आज (बिहीबार) सार्वजनिक बिदा दिइएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बुधबार मात्रै प्रदेश १ ले आफ्नो प्रदेशको नाम ‘कोसी’ राखेको थियो। बुधबार बसेको प्रदेशसभा बैठकले सो प्रदेशको नाम ‘कोसी प्रदेश’ हुने टुंगो लगाएको हो।

एमालेका सांसद रामबहादुर राना मगरले प्रस्ताव गरेको कोसी प्रदेशमा आवश्यक दुई तिहाइ मत जुटेपछि सोही नाम पारित भएको हो। एमालेको सो प्रस्तावलाई कांग्रेस र माओवादी केन्द्रले समेत साथ दिएका थिए।

बुधबार भएको मतदानमा प्रस्तावको पक्षमा ८२ मत परेको थियो। यस्तै विपक्षमा ४ मत परेको छ भने ६ जना सांसद अनुपस्थित भएका थिए।

एकीकृत समाजवादीका सांसद राजेन्द्रकुमार राईले प्रस्ताव गरेको लिम्बुवान-किराँत-सगरमाथा प्रदेशमाथि भने छलफल नै हुन सकेन। छलफलको प्रस्ताव नै अस्वीकृत भएको थियो। सो प्रस्तावको पक्षमा एकीकृत समाजवादी र जसपा उभिएका थिए।

७ मध्ये ६ वटै प्रदेशले प्रदेश सभाको पहिलो कार्यकालमै नाम टुंगो लगाइसकेको भए पनि प्रदेश १ को भने बाँकी थियो।

प्रकाशित: १८ फागुन २०७९ ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast