आजको मौसम : काठमाडौँ आसपासको क्षेत्रमा वर्षाको सम्भावना

हिमाल प्रेस १८ फागुन २०७९ ६:५६
2
SHARE
आजको मौसम : काठमाडौँ आसपासको क्षेत्रमा वर्षाको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

साथै गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का वर्षा भैरहेको अवस्था छ ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १८ फागुन २०७९ ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast